• प्रमुख समस्याः पशुपन्छी पालनको निमित आवश्यक उन्नत नश्ल, रोग र महामारीको रोकथाम एवं पशु व्यबस्थापन सम्बन्धी उचित ज्ञानको आभाव, चरन र खर्क व्यबस्थापनको आभाव, कृषि अनुसंधान र कृषि प्रसारको कमी आदी प्रमुख समस्या हुन ।
  • चुनौतीः प्राविधिकको उपलब्धता सुनिश्चित गर्नु, संस्थागत तथा संरचनागत व्यबस्था गर्नु, स्थानीय सरकार मातहतमा आएको प्रसार सेवालाई व्यबस्थापन र सुदृढीकरण गर्नु, सम्बद्ध अनुसंधान संस्था एवं संरचना संघीय सरकारबाट प्राप्त गर्नु, परम्परागत ज्ञानको पुनर्खोज गरी आधुनिकिकरण र उपयोग गर्नु, खाद्यबस्तुको गुणस्तर कायम गर्नु, अन्तरसरकार समन्वय प्रभावकारी बनाउनु, उपयूक्त यान्त्रिकिकरण र व्यबसायीकरण गर्नु, अनुदान प्रतिस्पर्धी बजारको बिकास गरी उपयोग गर्नु आदी प्रमुख चुनौती हुन।
  • अवसरः खाद्य सम्बन्धी हक संबैधानिक रुपमा स्थापित हुनु, दिगो बिकास लक्ष्यमा खाद्य तथा पोषणको बिषय समाविष्ट हुनु, राष्ट्रिय आवधिक योजनामा खाद्य तथा पोषणलाई प्रथमिक्रता दिइनु, कृषि, दुग्ध तथा मासुजन्य उत्पादनको बढदो मांग, पकेटक्षेत्र र सुपर जोनको बलियो आधार, कृषि तथा पशुपालन प्रदेश तथा स्थानिय सरकारको कार्यक्षेत्रमा पर्नुको साथै उच्च प्राथमिक्तामा पर्नु, बढदो सडक सञ्जाल, ज्ञान , सिप, पुजी र उन्नत प्रविधिसहित बैदेशिक रोजगारीबाट फर्किएका युवा कृषिक्षेत्रमा आकर्षित हुनु तथा पशुपालन बिषय अध्ययन गरेका युवालाई समेत व्यबसायिक पशुपालनमा परिचालन गर्न सकिने आदी ।
  • क्षेत्रगत सोचः

 समुन्नत कृषि, सम्पन्न किसानः समृद्ध प्रदेश।

लक्ष्यः  कृषि क्षेत्रको ग्राहस्थ उत्पादन बृद्धि हुने।

उद्धेश्यः   उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, तुलनात्मक लाभ भएका बाली तथा पशुपन्छीजन्य उत्पादनको बिकास उव बिस्तार गर्नु, कृषि तथा पशुसेवा प्रसारको पहुंचमा बृद्धि गर्नु।

रणनीतिः

१. भु-उपयोग नीति अनुरुप कृषि जमिनको संरक्षण र उपयोग गर्ने।२. निजीक्षेत्र, सहकारी तथा अन्तर सरकार समन्वय र सहकार्य गर्ने।३. प्राङगारिक खेती, आधारभुत खाद्यवस्तु तथा तुलनात्मक लाभ भएका बाली र पशुपन्छी उत्पादनमा बृद्धि गर्ने।४. कृषक र कृषि सम्बद्ध निकायको क्षमता बिकास एवं प्रविधि हस्तान्तरण गर्ने।५. उतपादित बस्तुको बजारीकरण गर्ने।६. कृषि एवं पशुपन्छी उद्योगको बिकास र बिस्तार गर्ने ।

  • कार्यनीति
  • रणनीति २ को कार्यनीतिः
  • क. कृषि, पशुपन्छी र मत्स्य जन्य क्षेत्रको बिकास र व्यबसायिकरणमा सहकारी तथा अन्तर सरकार समन्वय सहयोग र सहकार्य गरिने छ ।
  • ख. कृषि, पशुपंक्षी तथा मत्स्य बिकासको लागी निजी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरिने छ ।
  • ग. प्रतिस्पर्धी क्षमता भएका प्रमुख कृषि, पशुपन्छी तथा मत्स्य बस्तुकोपहिचान गरी उत्पादन र उत्पादकत्व बढाउन बिशेष कार्यक्रम संचालन गरिनेछ।
  • घ. व्यबसायिकरण र बजार पहुंचमा सुधार गर्न सूचना प्रविधिको बिकास, बिस्तार र उपयोग गरिनेछ
  • ङ. कृषि, पशुपन्छी र मत्स्यजन्य कार्यक्रम संचालनमा समावेशी सहभागिता सुनिश्चित गरिने छ।
  • च. कृषि तथा पशुपन्छीजन्य बिकास सम्बन्धी कार्यक्रम संचालन गर्न स्थानीय तहको क्षमता अभिबृद्धि गरिनेछ।
  • छ. निजी क्षेत्रसंगको सहकार्यमा कृषकलाई स्तरीय सेवा उपलब्ध गराइनेछ।
  • ज. निजी, सहकारी तथा सामुदायिक क्षेत्रसंगको सहकार्यमा कृषि यान्त्रिकिकरणलाइ बढावा दिइने छ।
  • झ. उत्पादन, भण्डारण र बजारीकरणमा किसानको सुहिक स्वामित्व प्रोत्साहन गरिनेछ।
  • ञ. स्थान बिशेषमा उत्पादन हुने पशुपंक्षी उत्पादन अभिबृद्धिको लागी स्थानीय तहसंग सहकार्य गरिनेछ।
  • ट. मत्स्य बिकासको लागी पकेट क्षेत्र लगायतका कार्यक्रम संचालन गर्न स्थानीय तहलाई सहयोग गरिनेछ ।
  • रणनीति ३ को कार्यनीतिः क. माटो र हावापानी एवं भौगोलिक धरातलको सम्भाव्यताको आधारमा उच्च मुल्यका बाली तथा पशुपन्छीका पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम संचालन गरिनेछ। ख. सिर्जनशिल तथा कृषि क्षेत्रमा नविनतम प्रणाली अवलम्बन गर्ने सफल किसानलाई प्रोत्साहन एवं कदर गरिनेछ।ग. सुलभ कृषि कर्जामा सहजीकरण गरी पहुंचको बिस्तार गरिनेछ।घ. बैदेशिक रोजगारीबाट फर्किएका यूवालाई कृषि, पशुपन्छी तथा मत्स्य व्यबसायमा प्रोत्साहन गर्न सुलभ तथा सहुलियतपूर्ण ऋण तथा अनुदान, तालिम, प्रविधि, बजारपहुंच जस्ता कार्यक्रम संचालन गरिनेछ।
  • रणनीति ४ को कार्यनीतिः क. कृषि तथा पशुपन्छी जन्य संस्थाको संस्थागत बिकास र सुदृढीकरण गरिनेछ। ख. अनुसंधान केन्द्रहरुको सहकार्यमा जडीबुटी खेती गर्ने कृषक र पशुपालकका लागी तालिम संचालन गरिनेछ। ग. जलबायू परिवर्तन र प्राकृतिक प्रकोपबाट कृषिक्षेत्रमा पर्ने नकारात्मक असर न्यूनिकरण गर्न उपलब्ध प्रविधि तथा सेवा कृषकलाई उपलब्ध गराइनेछ।घ. उत्पादकत्व बृद्धिका लागी अनुसंधानबाट प्राप्त उपलब्धीलाई कृषक समक्ष पुर्याइ नवीनतम प्रविधिको उपयोगमा कृषकको क्षमता अभिबृद्धि गरिनेछ।ङ. निजी क्षेत्रसंगो सहकार्यमा कृषि यन्त्र तथा उपकरण, उन्नत नश्ल तथा बिउ बिजन र प्राङगारिक मल सुलभ दरमा उपलब्ध गराइनेछ।च. कृषि उपजको स्वच्छता र गुणस्तर कायम राख्न ज्ञान तथा प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम संचालन गरिनेछ।छ. जलबायू परिवर्तन तथा प्रकृतिक प्रकोपबाट कृषि क्षेत्रमा पर्ने असर न्यूनिकरण गर्न बाली तथा पशु बिमा तथा राहतका कार्यक्रम संचालन गरिनेछ। ज. बाली तथा पशुपंक्षीजन्य रोगको अनुसंधान गरी उपयूक्त उपचार सेवा उपलब्ध गराइने छ। झ. पशु चिकित्सालयको सुदृढीकरण गरी सेवा प्रभावकारी गराइनेछ।
  • रणनीति ५ को कार्यनीतिः क. आन्तरिक तथा बाह्य बजार लक्षित निर्यातजन्य बालीको प्रशोधन, भण्डारण, प्याकिङ, ब्राण्डिङ लगायतका कार्यक्रम संचालन गरिनेछ ।ख. सम्पूर्ण मुल्य श्रंखला ( उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरण) मा आधारित कृषि प्रणाली अवलम्बन गरिनेछ।ग. निर्यात बिबिधिकरण गर्नका साथै निर्यातमा आउने बाधाको सम्बोधन गर्न संघीय सरकारसंग सहकार्य गरिने छ।
  • रणनीति ६ को कार्यनीतिः क. कृषिमा आधारित साना, मझौला तथा ठुला उद्योको स्थापनालाई प्रोत्साहन र सहजीकरण गरिनेछ।ख. कृषिजन्य उद्योगको उत्पादनलाई गुणस्तर परिक्षणको बिशेष सुबिधा उपलब्ध गराइनेछ।ग. कृषिजन्य उत्पादनको ब्रान्डिङ र बजारीकरणलाई सहयोग गरिनेछ। घ. कृषिमा आधारित उद्योगको लागी सुलभ कृषि कर्जाको व्यबस्था गरिनेछ। ङ. कृषि क्षेत्रको उन्नतो लागी लगानी प्रबर्द्धन गरिनेछ।
  • अपेक्षित उपलब्धिः Milk Holiday  को अन्त्य हुने, खसीको मासुको उत्पादनमा बार्षिक १५%बृद्धि हासिल गर्ने, कुखुराको मासुमा बार्षिक १५% ले बृद्धि भउको हुने, स्वस्थ्यकर खाद्यान्नको उपलब्धतामा सुधार भएको हुने, रैथानेजातका कृषि तथा पशुपंक्षी उत्पादनमा बृद्धि भएको हुने, असहाय, गरिव र सिमान्तकृत समुदायमा खाद्य तथा पोषणको पहुंच पुगेको हुनेछ ।