परिचय
- स्थापनाः नेपालको संविधान २०७२ अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत मेची, कोशी र सगरमाथा
अंचलको सप्तरी र सिरहा जिल्ला बाहेकको क्षेत्रलाई समेटिएर बनेको प्रदेश जसमा २०७४ मा प्रदेश
सरकारको गठन भएको ।
- भौगोलिक अवस्था तथा राजनीतिक बिभाजन
- सिमानाः पूर्वमा भारतको सिक्किम र पश्चिम बंगाल राज्य, पश्चिममा बाग्मती प्रदेशर प्रदेश न २, उतरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा भारतको बिहार राज्य।
- क्षेत्रपलः २५९०९ बर्ग किलोमिटर ( नेपाल अधिराज्यको १७.६% भुभाग )।
- फैलावट
अक्षांसः २८ डिग्री २ मिनेट देखि २६ डिग्री ३ मिनेट उतर सम्म ।
देशान्तरः ८६ डिग्री १ मिनेट देखि ८८ डिग्री ३ मिनेट पूर्व सम्म।
- उचाईः ५९ मी. (झापाको केचना) देखि ८८४८ मी.(संसारकै सबभन्दा अग्लो हिमाल सगरमाथा) सम्म।
- भौगोलिक क्षेत्रहरुः तराई, पहाड र हिमाल(तराई १८%, हिमाल र पहाड ८२% भुभाग)
- जिल्लाः १४ ( तराईका ३ (सुनसरी, मोरङ र झापा ) पहाडका ८ ( पांचथर, इलाम, धनकुटा, भोजपुर, तेह्थुम, उदयपुर, खोटाङ र ओखलढुंगा ) र हिमालका ३ ( ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु ) जिल्लाहरु।
- स्थानीय तहः १३७ ( महानगरपालिका १, उपमहानगरपालिका २, नगरपालिका ४६, गाउंपालिका ८८)
- राजधानीः बिराटनगर
- ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक
- ऐतिहासिक व्यक्तित्वहरुः तेन्जिङ शेर्पा, पासाङ ल्याह्मु शेर्पा, प्रखर राजनैतिक व्यक्तित्वहरु, मुलुक हांक्ने आधा दर्जन भन्दा बढी प्रधानमन्त्री जन्माएको प्रदेश।
- धार्मिक व्यक्तित्वहरुः किरांत धर्मगुरु फाल्गुनन्द, सिरिजङ्गा, बालगुरु षडानन्द, साजिक अभियन्ता योगमाया, स्वामी प्रपन्नाचार्य लगायतका बिद्धान बिदुषीहरु।
- प्राचीन राजा रजौटाहरुः किरांत राजादेखि महाभारतकालिन बिराट राजा सम्म।
- धार्मिक स्थलहरुः पाथिभरा , हलेसी महादेव, बराह क्षेत्र, दन्तकाली, सिद्धकाली, बिष्णुपादुका, किच्चकबध, अर्जुनधारा, पिण्डेश्वरी धाम , बौद्ध धर्मावल्बीको प्रसिद्ध स्थल सांग्रिला वा खेम्पालुङ तथा तेङवोचे गुम्बा आदी।
- बिभिन्न धर्म मान्ने मानिसहरुः हिन्दु ६७%, किरांत १७%, बौद्ध ९%, ईस्लाम ४%, क्रिस्चियन २%, अन्य १%।
- संस्कृतिः हिमाल, पहाड, तराईको आफ्नै पहिचान भएको सबै धर्म, जातजातीका मानिसहरुको आफ्नै रितिरीवाज, भेषभुषा, चाडपर्व भएको बिबिध संस्कृति।
- जनसंख्या (२०६८ को जनगणना अनुसार )
- कुल जनसंख्याः ४५३४९४३ ( नेपालको कुल जनसंख्याको १७.१%)
- महिलाः ५२% र पुरुषः ४८%
- तराईमाः ५६%, पहाड र हिमालमा ४४%
- जनघनत्व सरदरः १७५ जना/ब.कि.मी.( तराईमा ५४९, पहाड र हिमालमा ९४ जना/ब.कि.मी.)
- औसत जनसंख्या बृद्धिदरः ०.७%
- घरघुरी संख्याः ९९१७५०
श्रोतः नेशनल डाटा प्रोफाइल
- सामाजिक अवस्था
- जातजातीहरुः क्षेत्री १५%, पहाडी ब्राम्हण १२%, राई ११%, लिम्बु ८%, तामाङ ४.७%, मगर ४.२%, थारु ४.२%, नेवार ३.७%, मुसलमान ३.६%, अन्य ३४%
- बोलिने भाषाः नेपाली ४३%, मैथिली ११%, लिम्बु ७%, तामाङ ४%, थारु ४%, मगर ४.%, बान्तवा ३%, उर्दु ३%, राजवंशी ३% र अन्य १९%।
- शिक्षाः साक्षरता ७१%, महिला साक्षरता ६४%, पुरुष साक्षरता ७९%।
- घरको स्वामित्वः आफ्नै घर भएको ८७.३%, भाडामा बसेको १०% र बांकी अन्य तवरबाट ।
- खानेपानीः ट्यूव वेलको पानी प्रयोग ४४%, धाराको पानी प्रयोग ४४% र बांकी कुंवा, इनार, मुल, नदीको पानी ।
- खाना पकाउने इन्धनः दाउराको प्रयोग ६७%, एलपिजि ग्यासको प्रयोग १६%, गोबरको गुइठा १२%, बायोग्यास ३%, मटीतेल १%।
- प्रकाशको लागीः बिजुली बती ६६%, मटीतेल २२%, सोलार ९%, बांकी अन्य।
- शारिरिक अशक्तताः २.१%(डिसएबल्ड)।
- प्राकृतिक सम्पदा
- भु-बनोट र उपयोगः तराइ र भित्री मधेश गरी १७% जमीन खेतीको लागी उपयुक्त, पहाडको भिरालो जमिनमा गरा बनाइ खेती हुने जमीन २४%, घांसपातको निम्ती २४%, बन्यजन्तु संरक्षण र पर्यटनको लागी १५% र २०% भिर, चटान तथा हिउंले ढाकिएको।
- वन तथा निकुन्जः ४३% भाग वनजंगलले ( तराइको ३ जिल्लामा १९% वन जंगल) ४ वटा निकुन्ज र आरक्षण क्षेत्र १९% भुभाग ओगटेको।
- जल तथा उर्जाः १७ वटा ससाना आयोजनाबाट हाल १३६.९ मेगावाट बिद्युत उत्पादन, ५२१.३ मेगावाट निर्माणधिन अवस्थामा, २१७५.९ मेगावाट अध्ययनको चरणमा, हालै शिलन्यास भएको अरुण ३ को निर्माण पश्चात जलबिद्युतमा यो प्रदेश मुलुकमै धनी हुने।
- उद्योग तथा रोजगारी
- ठुला तथा मझौला गरी कुल उद्योगः ७४०
- कुल ग्राहस्थमा उद्योग क्षेत्रको योगदानः १९.९२%
- ठुला, मझौला र साना गरी १२५ उद्योगमा बिदेशी लगानी स्वीकृतः रु१०२४.३ करोड
- उद्योग क्षेत्रबाट रोजगारीत व्यक्ति संख्याः १०१२७९
- यातायात
- हवाई यातायातः यस प्रदेशमा बिराटनगरबाट ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, र खोटाङ जिल्लाहरु हवाई यातायातले जोडिएको, जम्मा १३ वटा बिमानस्थलहरु मध्ये ८ वटा चालु अवस्थाका छन।
- सडक यातायातः सबै जिल्ला सदरमुकामहरु सडक यातायातले जोडिएको, पूर्व पश्चिम र उतर दक्षिण गरी २३८९ कि. मी. सडक यातायात रहेको जसमध्ये १०% भन्दा पनि कम कालोपत्रे।
- कृषिक्षेत्रको अवस्था
- खेती योग्य जमीनः ६०२४७२ हे. (२३%)
- आफ्नो जग्गामा आफै खेती गर्नेः ८४%, भाडामा जग्गा लिइ खेती गर्नेः१६%
- सिंचित जग्गाः ३८.६% (सिंचाइ ८७% तराईमा मात्र)
- खाद्यान्न बालीहरुः धान, मकै, कोदो, फापर, गहुं, जौ ( प्रदेशलाई चाहिने भन्दा ३७% बढी उत्पादन)
- अन्य बालीहरुः तरकारी, बेमौसमी तरकारी, फलफुलमा आंप, लिची, केरा, पहाडमा सुन्तला, कागति, चिया , अलैंची, एभोकार्डो, किवी, अदुवा आदी।
- प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषिक्षेत्रको योगदानः ३७.३%
डाटा श्रोतः प्रथम आवधिक योजनाको आधारपत्र आ.व.२०७६।७७-२०८०।८१