• पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि प्रादेशिक नीति, ऐन, नियम, कार्यविधि, मापदण्ड, कार्ययोजना र कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा नियमन गर्ने ।

  • पशुपन्छी तथा मत्स्यन्य उत्पादन, उपभोग, बेचबिखन र वासलात लगायतका प्रदेशिक तथ्याङ्क संकलन, विष्लेशण र प्रकाशनका अतिरिक्त खाद्य सुरक्षा अवस्थाकोअध्ययन, विश्लेषण र अनुगमन गरि प्रदेश सरकारलाइ पृष्ठपोषण गर्ने ।

  • दूध, माछामासुर अण्डाको उत्पादन र उत्पादकत्व अभिबृद्धि गरि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने प्रादेशिक लक्ष हासिल गर्नमा टेवा पुर्याउने ।

  • पशुपन्छी तथा मत्स्यजन्य जैविक विविधताको पहिचान, अभिलेखिकरण, संरक्षण, उपयोग,विकास र प्रवर्द्धन गर्ने/ गराउने।

  • भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्रहरुको प्रभावकारी संचालनका लागि प्रशासनिक र प्राविधिक निर्देशन, अनुगमन, निरिक्षण, प्राविधिक पृष्ठपोषण तथा नियमन गर्ने ।

  • प्रदेश अन्तर्गत संचालन हुने संघीय पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम, आयोजना र कृयाकलाप कार्यान्वयनमा समन्वयर सहकार्य गर्ने ।

  • प्रदेशस्तरका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सरोकारवालहरु बिच आवस्यक समन्वय र सहकार्य गर्ने

  • प्रदेश स्तरमा पशुपन्छी तथा मत्स्यजन्य माहामारी वा प्राकृतिक प्रकोपको अवस्थामा क्षति न्यूनिकरण, रोकथाम, राहत र पूनर्स्थापनाका कार्यहरु गर्ने ।

  • पशुपन्छी तथा मत्स्यजन्य उत्पादन, संकलन, ढुवानी, भण्डारण, प्रशोधन र बजारिकरणका लागि आवस्यक पूर्वाधारहरुको स्थापना/ सुधार/ विकासका कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन गर्ने।

  • सूचना प्रबिधिको उच्चतम उपयोग गरि सचेतनामूलक सूचना प्रवाह, जनचेतना अभिबृद्धि एवं सुशासन प्रवर्द्धन गर्ने

  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि प्राबिधिक परामर्श, पृष्ठपोषण र सेवाटेवा प्रदान गर्ने ।

  • कृषि प्रसार, कृषि शिक्षा र कृषि अनुसन्धान सम्वद्ध निकायहरुवीच कार्यमुलक सम्वन्ध, समन्वय र सहकार्य गर्ने

  • नेपाल सरकारको विद्यमान पशुपन्छि तथा मत्स्य सम्बन्धि ऐन, कानून, निति तथा नियमले श्रृजना गरेका कानुनि दायित्व निर्वाहमा सहयोग गर्ने ।

  • तालुक मन्त्रालयको निर्देशन मुताविकका अन्य कार्यहरु गर्ने/ गराउने ।

यस निर्देशनालय मातहतमा रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रहरु

  • भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र, पांचथर ।

  • भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र, झापा ।

  • भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र, मोरङ ।

  • भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र, धनकुटा ।

  • भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र, संखुवासभा ।

  • भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र, सुनसरी ।

  • भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र, उदयपुर ।

  • भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र, ओखलढुंगा ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको सम्पर्क केन्द्रहरु

  • ताप्लेजुङ

  • इलाम

  • तेह्रथुम

  • भोजपुर

  • खोटाङ

  • सोलुखुम्बु

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रहरुको कार्य बिवरण

पशुपन्छी तथा मत्स्य बिकासको माध्यमबाट स्वरोजगार प्रबद्धन र आय आर्जनका बैकल्पिक अवसरहरु श्रृजना गरी कृषक समुदायको गरिवी न्यूनिकरण, पारिवारीक पोषण र जीवनस्तरमा सुधार गर्दै व्यबसायीकरण, उत्पादन बिबिधिकरण बजारीकरण लक्षित रणनीति अख्तियार गरी उद्यमशीलताको प्रबर्धन र पशुपन्छी तथा मत्स्यजन्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ निम्न कार्यहरु संचालन गर्ने/गराउने।

  • पशुपन्छी तथा मत्स्य बिकस कार्यक्रम संचालनका लागी प्रदेश सरकारको कार्यान्वयन इकाइको रुपमा कार्य गर्ने।
  • रोग निदान तथा उपचारकोको लागी भेटेरीनरी अस्पताल तथा बिज्ञ सेवा प्रदान गर्ने ।
  • पशुपन्छी रोग निदान तथा उपचारको लागी Basic Veterinary laboratory सेवा प्रदान गर्ने ।
  • पशु आहारा आपुरतिको सुनिश्चितताका लागी स्थान बिशेषको सम्भाव्यताको आधारमा चरन तथा खर्कको संरक्षण र बिकास सम्बन्धी प्रादेशिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने।
  • स्थानीय तहको सहकार्यमा भुंइ तथा डालेघांसको प्रबर्द्धन र घांस संरक्षणको बिधिहरुको प्रचार प्रसार एवं प्रबर्धन गर्ने ।
  • पशुपन्छी तथा मत्स्य नश्लको गुणस्तर निर्धारण र नियमन गर्ने ।
  • उन्नत नश्लका  पशुपन्छी तथा मत्स्यको प्रादेशिक श्रोतकेन्द्र बिकासमा सहयोग गर्ने ।
  • पशुपन्छी तथा मत्स्यजन्य उत्पादनको व्यबस्थित बजारिकरण, औद्योगिकरण र निकासी प्रबर्धनका लागी आवश्यक पूर्वाधारहरुको बिकास र संचालनमा टेवा पुर्याउने ।
  • जनस्वास्थ्य संरक्षणका लागी जुनोटिक एवं सिमाविहिन महामारी जन्य रोगहरुरको नियमन तथा व्यबस्थापन गर्ने।
  •  कार्यक्षेत्र भित्रका कृषक र व्यबसायीहरु लक्षित पशुपन्छी तथा मत्स्य बिकास संग सम्बन्धित बिशिष्टीकृत ज्ञान र सीप प्रदान गर्ने ।
  • स्थानीय तहमा कार्यरत प्राविधिकहरको क्षमता र दक्षताले नभ्याउने प्रकृतिका पशुपन्छी तथा मत्स्य बिकास सम्बन्धी प्राविधिक सेवा टेवा र पृष्ठपोषण गर्ने ।
  • महामारी र प्राकृतिक प्रकोपका कारण भएको पशुधनको क्षति बिबरणसंकलन तथा क्षतिपुर्ति, राहत र पुनःस्थापनका कार्य गर्ने गराउने ।
  • पशुपन्छी तथा मत्स्य जैविक बिबिधताको पहिचान, अभिलेखिकरण, संरक्षण, उपयोग र प्रबर्धनमा टेवा पुर्याउने ।
  • स्थानीय तहसंगको समन्वयमा बिषयगत तथ्याङ्क संकलन र प्रेषण हुने प्रबन्ड्ढ मिलाइ आवधिक तथ्याङ्कह तालुक निकायमा पठाउने ।
  • मत्स्य बिकास सम्बन्धी प्रादेशिक नीति नियमले निर्दिष्ट गरे बमोजिमका कार्यक्रम संचालन गर्ने ।
  • पशुपन्छी तथा मत्स्य बिकास क्षेत्रका ऐन , नियम, मापदणड तथा संहिताहरुको कार्यान्वयन र नियमन गर्ने ।
  • स्थानीय आवश्यक्तामा आधारीत पशुपन्छी तथा मत्स्य बिकास सम्बन्धी आधारभुत अध्ययन परिक्षणहरु संचालन गर्ने ।
  • प्रदेश सरकारको लक्ष्य मुताबिक दुध, मासु, र अण्डाको उत्पादन र उत्पादकत्व अभिबृधि गरी आयात प्रतिस्थापन र निर्यात प्रबर्धनमाटेवा पुर्याउने ।

यस निर्देशनालय अन्तर्गतको तालिम केन्द्र

  • पशु सेवा तालिम केन्द्र, दुहवी, सुनसरी ।

               प्रादेशिक लक्ष्य एवं कार्यनिति बमोजिम पशुपन्छी तथा मत्स्य विकासका लागि उच्चतम प्रविधि, ज्ञान र सिपको समुचित उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व अभिबृद्धि, ,  विविधिकरण, बजारिकरण र व्यवसायिकरणको माध्यमबाट गरिवी न्यूनिकरण, स्वरोजगार श्रृजना तथा आर्थिक सम्मृद्धि हासिल गर्ने मूल ध्येयका साथ निम्न कार्यहरु संचालन गर्ने/ गराउने ।

  • तालिम तथा क्षमता विकासका क्षेत्रमा प्रदेश सरकारको कार्यान्वयन ईकाइको रुपमा कार्य गर्ने।
  • प्रदेश स्तरमा पशु सेवा सम्बन्धी तालिम नीति तर्जुमा गर्ने ।
  • तालिमको संचालन र कार्ययोजना बनाउने ।
  • पशु सेवा सम्बन्ध समय सापेक्ष विभिन्न विषयगत तालिमको पाठ्याक्रम तयारी तथा परिमार्जन गर्ने ।
  • पशुपन्छी उत्पादन, पशु स्वास्थ्य, मत्स्य लगायत अन्य सम्बन्धीत विषयमा तालिम संचालन गर्ने ।
  • कृषक, उद्यमी, कर्मचारीहरुका लागि तालिम संचालन गर्ने ।
  • सरकारी, गैर सरकारी एवं विदेशी संघ संस्थाहरुसंग समन्वयमा तालिम संचालन र्ने ।
  • प्रचार प्रसार सामग्री तयारी तथा वितरण गर्ने ।
  • तालिम प्रभावकारीता अध्यन, अनुगमन तथा मल्याङ्कन गर्ने ।
  • प्रदेश स्तरमा पशुपन्छी तथा मत्स्य व्यवसायी उद्यमी तथा विज्ञहरुको रोहवर तयार गरी अद्यावधीक गर्ने ।
  • स्थानिय तह तथा प्रदेश स्तरमा कार्यरत पशु सेवा प्रविधिकहरुको क्षमता अभिवृद्धी तथा वृत्ती विकास सम्बन्धी तालिमहरु संचालन गर्ने ।