क. हिमाली क्षेत्रको पशुपालनको अवस्था
- भौगोलिक बनावट, चरनखर्कको उपलब्धता, शीतोष्ण जलबायू, खेती योग्य भुमीको आभावको कारण यस क्षेत्रको मुख्य पेशा पशुपालन।
- ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको माथिल्लो भागहरु यस क्षेत्रमा पर्दछन।
- यहांको हावापानी अनुसार यस भेकमा हुने पशुहरु चौंरी, भेंडा, च्याङग्रा आदी हुन।
- यी पशुहरु गोठमा व्यबस्थित तरिकाले पाल्नुको सटा घुम्तीरुपमा बिभिन्न चरनहरुमा पालिन्छ।
- उन, छुर्पी, पश्मिना, सुकुटी, चौंरीको पुच्छर आदी यहांका मुख्य पशुजन्य उत्पादन हुन।
- मासिदो चरन खर्कको अवस्था, बिषालु झारपातको चरनमा बाहुल्यता, जंगली जनावरहरु, चरन खर्कमा बास तथा खानेपानीको अभाव र उत्पादित बस्तुको बजारीकरण यहांको पशुपालनको मुख्य समस्याहरु हुन।
ख. उच्च क्षेत्रको पशुपालनको अवस्था
- उपरोक्त ३ जिल्लाका तल्लो भेक उच्च पहाडी भुभागमा पर्दछन।
- यहांका किसानहरु जमिनको धरातल अनुसार केही खेतीपाती तथा पशुपालन गर्ने गर्छन ।
- प्राय स्थानीय जातका गाई, भैंसी, बाख्रा, भेंडा, बंगूर, कुखुरा हांस परम्परागत रुपमै पालेका छन। बिगतका बर्षहरुमा जिल्ला पशु सेवा कार्यालयले संचालन गरेका प्रसारका कार्यक्रमहरुले केही हदसम्म किसानहरुको परम्परागत मनोबृतिलाई चिर्न सफल भए पनि अझ पशु बिकासमा धेरै काम गर्न बाकी।
- भौगोलिक बिकटता, श्रोतको आभाव, किसानहरुको बसाइसराई तथा बजारीकरण यसक्षेत्रको पशुपालनको प्रमुख समस्याहरु हुन भन्ने नश्ल सुधार गरी उत्पादकत्व बढाउने आवश्यक्ता हो।
ग. पहाडी क्षेत्र
- उच्च पहाड भन्दा केही सुधार भएको, केही मात्रामा नश्ल सुधार भएको तथा केही मात्रामा व्यबसायिक्ता तिर समेत ढल्किएको र बजारीकरणमा पनि केही सुधार भएको अवस्था भए पनि उत्पादन र त्पादकत्व बढाई आम्दानी र रोजगारी बढाउन आवश्यक छ ।
- पहाडी क्षेत्रको पशुजन्य उत्पादनले करिब करिव पहाडी क्षेत्रलाइ पुग्न जाने अवस्था छ।
घ. तराई क्षेत्र
- यस प्रदेशको पशुजन्य उत्पादनको आधाभन्दा बढी तराई क्षेत्रबाटै उत्पादन भइरहेको छ। उच्च पहाड र पहाडको तुलनामा यहांको पशुपालन व्यबस्थित, लगभग आधा जति बर्णशंकर तथा उन्नत जात रहेको, उत्पादन र उत्पादकत्व बढेको, व्यबसायीकरण बढेको, उपरोक्त पशुहरुको साथै नया नया प्रजातीको पशुपन्छीहरु भित्री रहेको अवस्था छ।
ङ. समग्र स्थिति
- दुध उत्पादनमा आत्मनिर्भर, मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भरताको नजिक नजिक पुगेको अवस्था।
- पशु बिकासको केही पूर्वाधारहरुको बिकास भएको ।किसानहरुको धारणामा परिवर्तन हुंदै गएको।
- बार्षिक करीब ३ महिनाको खर्च पशुपालनले धानिरहेको अवस्था।
- श्रोत व्यबस्थापन, पशुपालनमा आधारित उद्योग धन्दाको बिकास, नश्ल सुधारको लागी प्रयोग हुने सिमेन नाईट्रोजनको व्यबस्थापन प्रदेश भित्रै गर्न, ज्ञान र सीप तथा दक्षता अभिबृधि गर्न, गुणस्तर नियन्त्रण गर्न, आहारा व्यबस्थापन गर्न, बजारीकरणलाई सबल बनाउन, जनशक्ति व्यबस्थापन, पशुजन्य उत्पादनको निर्यात बढाउन, व्यबसायीकरण र पशुधनको सुरक्षा गर्नु पशुपालनको यस क्षेत्रको आवश्यक्ता हो।
- महामारीहरु, जलबायु परिवर्तन, बजारीकरण र बजार भाउ तथा उत्पादन लागत, पेशा परिवर्तन जस्ता चुनौतीहरु पनि पशुपालनमा छन।